असार १९, कास्की – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएको पुष्टि भएको हो।
नवलपरासी पूर्वका १९, तनहुँका ९, पर्वतका ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। संक्रमितमा ४ महिला र २८ पुरुष छन्। उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।
योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ भने नेपालमा संक्रमितको संख्या १४ हजार ७८ पुगेको छ।