कोरोनाबाट थप एकको मुत्यु, मुत्यु हुनेको संख्या २९ पुग्यो

असार १५, काठमाडौं —नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।
ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

आइसियुमा उपचाररत उनको १३ असारमा स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । सोही दिन बेलुकी नै उनको निधन भएको थियो ।

उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । १ महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।