म्यान्चेष्टर सिटी सेमिफाईनलमा प्रवेश

असार १५, एजेन्सी – म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो ।

ब्रुईनीले ३७ औं मिनेटमा पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए । स्टर्लिङले ६८ औं मिनेटमा सिटीको जित सुनिश्चित गरेका थिए ।

उनले सिजनको २२ औं गोल पुरा गरे । सिटीले सेमिफाईनलमा बलियो प्रतिद्धन्दी लण्डन क्लब आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ ।