सुनको मूल्य ९१ हजार ३ सय पुग्यो

असार १४,काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य हाल सम्मकै उच्च हो । यो शुक्रबारको मूल्य भन्दा ७ सय रुपैयाँले वढी हो । शुक्रबार ९० हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।