जनकपुरको रासस कार्यालय डुबानमा

असार १४, काठमाडौं – अविरल वर्षाका कारण राष्ट्रिय समाचार समिति प्रदेश नं २ कार्यालय जनकपुरधाम डुबानमा परेको छ । डुबानका कारण समितिको समाचार सम्प्रेषणको कार्यसमेत प्रभावित भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण सो अवस्था उत्पन्न भएको हो । पानी निकास हुन नपाई आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन सङ्घ, महिला विकास केन्द्र र वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् । सडकमा कालोपत्र र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको छ ।रासस