नेपाल पस्यो सलह किरा

असार १३, काठमाडौं – नेपालमा सलह किरा प्रवेश गरेको छ ।

केही महिनादेखि पाकिस्तानबाट भारत प्रवेश गरेको यो किरा नेपाल नआउने कृषि विज्ञहरुले बताउँदै आएका थिए । तर अहिले भारतसँग सीमा जोडिएका तराईका तीन जिल्लामा सलह किरा प्रवेश गरेको छ ।

आज बिहान तराईका बारा, पर्सा र सर्लाही जिल्लामा सलह प्रवेश गरेको छ । बिहान सलहको विभिन्न समूह भारतबाट नेपाल पसेको हो ।
अहिले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको छ ।