सुशान्तको अन्तिम फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

असार १२, काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचरा’ डिजिटल रिलिज हुने भएको छ ।

भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ । सुशान्तका साथमा सन्जना सांघी र सैफ अली खान अभिनीत चलचित्रलाई मुकेश छाब्राले निर्देशन गरेका हुन् ।

मुकेशको यो डेब्यु निर्देशन हो । अभिनेत्री सन्जना सांघीले यसै चलचित्रबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

सुशान्तका लागि श्रद्धाञ्जली स्वरूप फिल्म प्लेटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ ।

सुशान्तले छायाङ्कन पूरा गरेको यो अन्तिम चलचित्र हो ।

उनले गत साता मात्रै मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरे । यसअघि उनी फिल्म ’छिचोरे’मा मुख्य भूमिकामा देखिएका थिए ।