आजको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

असार ९, काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आजदेशभर नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ ।