यौन सम्पर्क अघि के चाहन्छन् महिला ?

असार ५ काठमाडौं – यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । एक रिसर्चले यौन सम्बन्ध राख्नु अघि महिलाहरुले के चाहन्छन् भन्ने तथ्य सार्वजनिक गरेको छ । रिसर्चको क्रममा करिब ७०० महिलाहरुलाई अध्ययन गरिएको बताइएको छ ।
सो अध्ययनबाट यौन सम्पर्क अघि महिलाहरुले निम्न चाहाना राख्ने गरेको बताइएको छ ।

यौन क्रिडामा पुरा ध्यान
महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै रहोस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

पाक क्रिडा महत्वपूर्ण
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टीबीच फरक
महिलाहरुमा गरिएको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

वातावरणको भूमिका
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

विभिन्न तरिका
सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

सन्तुष्टिको ख्याल
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । महिलाहरुको संवेदनशील अंगमा पुरुषको स्पर्शले आनन्दित हुने बताइएको थियो ।

एजेन्सीक सहयोगमा