सलमान, करण जोहर र यसराज फिल्म्स बहिष्कार अभियान सुरु

असार ४,एजेन्सी– करियरको उच्च बिन्दुमा पुग्न लागेका सुशान्तलाई डिप्रेसनको सिकार बनाउने बलिउडका नाइके निर्माता कलाकार तथा निर्देशक लागेको भन्दै उनिहरु विरुद्ध समर्थकहरुले लागिपरेका छन् ।

स्वतन्त्र रूपमा बाहिरबाट आएर बलिउडमा स्थापित हुन लागेका राम्रा अभिनेताले यसरी परिवारवाद र गुटबन्दीका कारण ज्यान नै फाल्नु पर्ने स्थिति आएको भनी सुशान्तका समर्थकहरू रुष्ट बनेका छन् ।

सुशान्तलाई लगभग सामाजिक बहिष्कार गर्ने बलिउडका चर्चित अभिनेता, निर्माता, निर्देशक सहितलाई बहिष्कारको अभियान चलाइएको छ । सलमान खान, करण जोहर, यसराज फिल्म्स बहिष्कार गर्न अपिल गरिएको छ ।

परिवारवाद र नातावाद अनि गुटबन्दीले बलिउडलाई ठुलो दलदलमा फसाएको र यसका मूल नाइके सलमान, कारण जोहर लगायत नै भएको आरोप पनि दर्शकले लगाइरहेका छन् ।

यी अभिनेता र चलचित्र उद्योगका चलचित्रहरूको प्रचार प्रसार रोक्न नेटफ्लिक्स, अमेजन प्राइम र हटस्टार अपिल गरेका हुन् । यस अभियानको सुरुआत चेन्ज डट ओआरजीमार्फत सुरु गरिएको हो ।