अमेरिकामा रहेका नेपालीलाई ४ वटा उडानमार्फत स्वदेश फर्काइँदै

असार २, काठमाडौं – कोरोनाका कारण अमेरिकामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय गरिएको छ।

अमेरिकास्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने जनाएको छ।  उनीहरुलाई असार ९ र ११ गते २र२ उडानमार्फत नेपाल फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

असार ९ गते न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङ्टन डिसीबाट कतार एयरवेजले उडान भर्ने दूतावासले जनाएको छ।  दोस्रो चरणमा १३ गतेको उडान सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले उडान भर्नेछन् ।

सो चार्टर उडानका लागि टर्किस एयरलाइन्सले १५ सय ३७ डलर अर्थात् १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ (आजको विनिमय दर अनुसार ) भाडा तोकोको छ ।

कतार एयरवेजले १६ सय डलर अर्थात् १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ।