कुन गहना कसरी स्याहार गर्ने ?

असार १, काठमाडौं – महिलाहरु बिशेष गरि गहनाप्रति आकर्षित हुन्छन् । गहनाको सुरक्षीत साथ राख्न र लामो समय टिकाउनका लागि बिशेष ध्यान दिनुपर्दछ । जतन गरेर राखिएन भने गहनाको चमक तथा सुन्दरतामा ह्रास आउँछ । गहनाहरु  बिभिन्न धातुबाट बनेका हुन्छन् । त्यसकारण गहनाको बनावट अनुसार हेरचाह गर्नुपर्दछ । कस्ता गहना कसरी स्याहार गर्ने भन्ने बिषयमा यहां चर्चा गरिएको छ ।

कुन्दनका गहना  – कुन्दनका गहनालाई धातुको बट्टामा राख्नु हुँदैन । यसले गहनालाई नोक्सान पु¥याउँछ । कुन्दनका गहनालाई मलमल तथा एल्मुनियम फाइलमा बेरेर राख्दा सुरक्षित रहन्छ ।

मोतीका गहना  – मोतीका गहनालाई बाँडाहरूले रातो तथा गुलाबी कागजमा बेरेर राख्छन् तर घरमा यसरी राख्ने गल्ती गर्नु हुँदैन । किनभने पसिना तथा पानीले मोतीको रंग परिवर्तन गर्छ ।

सुनका गहना – सुनका गहनालाई मोडेर राख्नु हुँदैन । यसरी राख्दा गहना कमजोर हुन्छन् । सुनका गहनालाई लकरमा कुनै नरम कपडाले बेरेर राख्नुपर्छ । कमजोर गहनालाई कपासमा बेरेर राख्न सकिन्छ ।

नक्कली गहना – नक्कली गहनालाई कागज वा प्लास्टिकको बट्टामा राख्न सकिन्छ । सक्कली र नक्कली गहना एकसाथ राख्नु हुँदैन ।

गोल्ड प्लेटेड गहना – गोल्ड प्लेटेड गहनालाई हावा, पानी, चिसो तथा गर्मीबाट जोगाउनुपर्छ । प्रयोगपछि यस्ता गहनालाई सुतीका कपडाले बेरेर राख्नुपर्छ ।

मोतीका गहना – मोतीका गहनालाई सदैव ज्वेलरी बक्समा राख्नुपर्छ । त्यसलाई खुल्ला राख्नुहँुदैन । मोतीका गहनालाई बट्टामा दबाएर राख्नु हँुदैन । त्यसो गर्दा मोती बिग्रन सक्छ ।