भारतमा एकैदिन ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि

असार १, एजेन्सी – भारतमा आइतबार एकै दिन ११ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा कुल संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ ।

अहिलेसम्म एक लाख ६९ हजार ७९८ जना संक्रमणमुक्त भएर घर गएको बताइएको छ ।