नवलपरासीमा गाडी दुर्घटना, गाउँपालिका अध्यक्षको मृत्यु

जेठ ३२, काठमाडौं – नवलपरासीमा गाडी दुर्घटनामा परि गाउँपालिका अध्यक्षको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मुत्यु भएको हो ।

साइकलयात्रीलाई जोगाउन खोज्दा कल्भर्टमा गाडी ठोक्किएर दुर्घटना भएको र उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैले चलाएको प्रहरीले जनाएको छ । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।