दीप प्रज्वलन

जेठ ३१, काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट स पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बनेपामा दीप प्रज्वलन गरिएको छ ।

दुवै कमिटीले बनेपा चारदोबाटोमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन् ।