कोरोना भाइरसबाट थप दुईको मुत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो

जेठ ३१, काठमाडौं – नेपालमा कोरोना भाइरसबाट थप दुईको मुत्य भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मुत्यु हुनेमा उपचारको क्रममा मुत्यु भएका बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको हो ।

बारा निजगठका ५ बर्षिय बालक बिरगञ्जको एक अस्पतालमा उपचारको क्रममा मुत्यु भएको र पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो त्यस्तै वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको गौतमले बताए ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट १८  जनाको मृत्यु भएको छ ।