राष्ट्रियता कसैको एकलौटी होइन –महतो

जेठ ३१, काठमाडौं – जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताएका छन् ।

नेपालको संविधानको दोस्रो संशोधन हुने दिन आज संघिय संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा महतोले संबिधान अझै पनि सबै नेपालीको हुन् नसकेको बताएका छन् ।

नेता महतोले आफूहरूले विगतमा दर्ता गराएको संशोधन प्रस्ताव पनि पारित हुनुपर्ने बताएका छन् ।