मोबाइललाई कसरी कोरोनामुक्त बनाउने ?

जेठ ३०, एजेन्सी – कोरोना भाइरसबाट बच्न बिभिन्न उपायहरु अपनाइएका छन् । सामाजिक दुरी कायम राख्नु, माक्स प्रयोग गर्नु अनिवार्य जस्तै भइसकेको छ । कोरोनाबाट बच्न सरसफाइममा पनि आवश्यक मानिएको छ । आफुले प्रयोग गर्ने सामानहरुलाई कोरोनामुत्त बनाउन पनि ध्यान दिनु पर्दछ । हामीले अत्यधिक चलाउने सामान हो मोबाइल । कोरोनाबाट बच्नका लागि मोवाइलको सरसफाइएमा ध्यान दिनु पर्ने बिज्ञहरुले बताएका छन् ।

मोबाइलाई कोरोनामुत्त कसरी बनाउने ? यसबारे केहि टिप्सहरु प्रस्तुत गरिएको छ ।

–मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल स्विच अफ पनि गर्न सकिन्छ ।

-मोबाइलको अघिल्लो र पछिल्लो भागमा ध्यानपूर्वक सफा गर्नुपर्छ । तर, मोबाइलका चार्जिङ पोर्ट, इयरफोनको पोर्ट तथा अन्य पोर्टबाट भने सजग रहनुपर्छ । यस्ता पोर्ट ओसिलो पार्नु हानिकारक हुन्छ

-सफा गर्दा माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ ।

-आइफोन प्रयोगकर्ताका केहि मात्रामा अल्कोहलको प्रयोग गरि सफा गर्न सकिन्छ ।

-साथै, मोबाइलको कभरमा पनि इयर बर्डले कुनाकप्चामा सफा गर्नुपर्ने हुन्छ ।

-खाना खाँदा, ट्वाइलेट जाँदा मोबाइलको प्रयोग नगर्ने,

-मोबाइल चलाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ ।