नेपाल प्रवेश गर्न खोज्ने पक्राउ

जेठ ३०, काठमाडौ – सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ ।

ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए । उनले सीमालाई सिल गरिएको बताए ।रासस