आज थपिए २५० जना कोरोना संक्रमित

जेठ २९, काठमाडौं – नेपालमा आज थप २५० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको बताए ।

यो संख्या संगै बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।