जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जेठ २८, काठमाडौ – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा नुवाकोटको  शिवपुरी गाउँपालिका ५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठमाथि सोही गाउँपालिका ८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर एक किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ ।

उनलाई मंगलबार दिउँसो नुवाकोट जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वताएको छ।