राष्ट्रियताको एकताप्रति संसद र दलहरुप्रति गर्व गर्दछु – प्रधानमन्त्री

जेठ २८, काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा देखाएको एकताप्रति गर्व व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बजेट अधिवेशनमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवाल संसद र दलहरुप्रति आफुलाई गर्भ लागेको बताए ।

‘विभिन्न चुनौतीको सामना गर्न राष्ट्रियताको सवाल, कोरोना महामारी र यसले उत्पन्न गरेको अप्ठ्यारोहरुको सामना गर्न आज जुन राष्ट्रिय एकता आवश्यकता छ,’ प्रधानमन्त्रीले भने, ‘त्यो हिजोको सभामा देखापरेको छ। यसप्रति म गर्व गर्दछु।

दलीय व्यवस्थामा, संसदीय व्यवस्थामा यस्तो राष्ट्रिय एकताका परिस्थितिहरु कहिले कहिलेमात्र देख्न पाइन्छ। तर हाम्रो संसद यो मामलामा अत्यन्तै गम्भीर छ।’

प्रधानमन्त्री ओलीले सीमा विवाद र भूमि नछोड्ने कुरामा कसले जस लिने र कसको देवत्वकरण गर्ने विषय नभएको बताए ।