अनुहारको चाउरीपन कसरी कम गर्ने ?

जेठ २५, काठमाडौं – उमेरको परिवर्तनसंग शरिरमा पनि बिभिन्न परिवर्तनहरु देखा पर्न थाल्छन् । उमेर बढ्दै जादा चाउरिन पनि पनि बढ्दै जान्छ । यसले धेरैलाई चिन्तित बनाइरहेको हुन्छ । सुन्दर अनुहारको छाला चाउरिन थालेपछि सुन्दरता कम हुँदै जान्छ ।

चाउरिपन रोक्नका लागि या यसबाट बच्नका लागि केहि उपायहरु अपनाउन भने सकिन्छ । चाउरिपन कम गर्ने उपायहरु के के हुन त ? यसबारे केहि उपायहरुको यहां चर्चा गरिएको छ ।

-अनुहारको छालालाई घामबाट सकेसम्म जोगाउनु पर्दछ । यसका लागि सनब्लक क्रिम प्रयोग गर्नुपर्दछ ।

-चाउरी परेको छालाका लागि भिटामिन सी (एन्टी(अक्सिडेन्ट) सिरम हरेक दिन अनुहारमा लगाउनाले पनि फाइदा गर्छ । चाउरीपन सबैमा देखिने समस्या भएकाले यसलाई सामान्य रूपमा लिएर स्याहार गर्दा नै राम्रो हुन्छ।

-पानी पर्याप्त पिउनु आवश्यक छ । पर्याप्त पानीले शरीरबाट विकार पदार्थ निस्कन्छ र अनुहार सुन्दर हुन्छ ।

-खानपानले पनि चाउरीपन रोक्न मद्धत गर्दछ । यसका लागि सहि खानपान खानु आवश्यक हुन्छ । जंक फुड र तौलीय खानेकुराबाट बच्नुपर्दछ ।

-अनिन्द्राका कारण पनि केहि हदम चाउरीपन बढ्दछ । यसका लागि प्रर्याप्त मात्रामा निन्द्रा पुर्याउनु आवश्यक हुन्छ ।