विश्वभर कोरोनाबाट ४ लाख १ हजार बढीको मृत्यु, संक्रमित हुनेको संख्या ७० लाख

जेठ २५, एजेन्सी – विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९६४ पुगेको हो ।

विश्वमा संक्रमित हुनेको संख्या ७० लाख नजिक पुगेको छ । आज विहानसम्म ६९ लाख ७० हजार ६३० पुगेको तथ्यांक छ । सङ्क्रमित मध्ये ३४ लाख १० हजार ९९४ जना निको भएका छन् ।

हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३२ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ७० हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । १ लाख १२ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।