आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार

जेठ २४, काठमाडौं – लकडाउनमा ठप्प भएको आर्थिक गतिबिधिलाई अगाडि बढाउन सरकारले तयारी गरेको छ ।

आज बसेको कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा आर्थिक क्रियाकलाप सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो।

लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी गरिरहेको  बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए।

बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको उनले बताए ।