तीन लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

जेठ २४, काठमाडौ – पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई आयोगको टोलीले शनिवार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित झिमझिमे वाट नियन्त्रणमा लिएको हो ।

उनिलाई एक काठ व्यवसायीबाट रु तीन लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले इमेल खवर डट कमलाई जानकारी दिए ।

अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले वताए। उनलाई थप अनुसन्धानका लागि काठमाडौ लैजाने तयारीमा रहेको वताइएको छ ।