कोरोनाको जोखिम वढ्दै जाँदा दैलेखका दुई स्थानीय तहमा निषेधाज्ञा जारी

जेठ २३, काठमाडौ – दैलेख जिल्लाका दुई स्थानीय तहमा शुक्रार वेलुका ६ वजे देखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र वहादुर क्षेत्रीले नारायण नगरपालिका र दुल्लू नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको इमेल खवर डटकमलाई वताए ।

उनका अनुसार अर्को सुचना जारी नहुदा सम्म नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ–भिरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर–चुप्रा–शिरस्थान, पश्चिममा पादुकाखोला–कर्णाली राजमार्ग, उत्तरमा भैरवी थाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा कुनै पनि खालका गतिविधि नगर्न निषेधाज्ञा जारी गरिएको हो ।

यस स्थानमा सक्रमितको सख्या दिनप्रति दिन वढ्रदै गएको र भारतवाट आउने क्रम पनि वढिरहेको हुदा निषेधाज्ञा जारी गर्नु परेको वताइएको छ । यस अवधीमा अत्यावश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक खानेपानी तथा विद्युत् सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापनबाहेकका अन्य कुनै पनि गतिविधि सञ्चाल गर्न पाइने छैन ।

जिल्लामा नारायण र दुल्लू नगरपालिकामै सबैभन्दा धेरै कोरोनाका बिरामी भेटिएका छन् । दैलेखमा मात्र करिब ३०० भन्दा धेरै कोरोनाका बिरामी भेटिएका छन्, भने एक जनाको मृत्युसमेत भइसकेको छ ।