आगलागीबाट २ जनाको मृत्यु

जेठ २२, सुनसरी– सुनसरीको धरान उप(महानगरपालिका –१५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

आगोलागीमा परेर ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आगलागीको बिषयमा थप अनुसन्धान भइरहेको र मृतकको कानुनी प्रकृया भईरहेको प्रहरीले बताएको छ ।