कोरोनाबाट पाल्पाका एक व्यक्तिको मुत्यु, मृतकको संख्या १० पुग्यो

जेठ २२, काठमाडौं – नेपालमा  कोरोना संक्रमणबाट थप एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा पाल्पा जिल्लाको  पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकाटाले बताए ।

उनका अनुसार मृतक पुरुष  केहि समय अगाडि  भारतबाट फर्किएका थिए । क्वारेन्टाइनमा रहेका उनमा श्वासप्रश्वास समस्या आएपछि  पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको गत २० गते  मुत्यु भएको देवकाटाले जानकारी दिए । उनको स्वाब  परिक्षणको क्रममा कोरोना पोजेटिभ आएको हो ।

यो संगै मृत्यु हुनेको संख्या १० पुगेको छ ।