एनआईसी एशिया बैंकमा अनलाईन मार्फत खाता खोल्न सहज

जेठ २१, काठमाडौं – एनआईसी एशिया बैंकमा अनलाईन मार्फत खाता खोल्न सहज हुने भएको छ । कोरोना भाइरस माहामारीको समयमा घरमै बसेर अनलाइन खाता खोल्ने सुबिधा बैकले ल्याएको हो ।

कसरी खोल्ने अनलाइन खाता
खाता खोल्नका लागि सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहक महानुभावले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल आउने गर्दछ । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहक महानुभावले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सकिनेछ ।

विदेशमा रहेका ब्यत्तिहरुले ईमेलमार्फत आफ्ना्े सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्नेछन् । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नुहुनेछ तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । तसर्थ, अब ग्राहक महानुभावहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

खाता  खोल्दा नगद फिर्ता

यसरी अनलाईन खाता खोल्नु भएका ग्राहकहरुले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन् । यसैगरी यस लकडाउनको अवधिमा ग्राहक घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट, क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरहरुबाट खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

अनलाईन खाता खोली मोबाईल बैंकिङ्ग वा बैंकको कार्डहरु मार्फत भुक्तानी गर्दा ग्राहकहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न गर्नेछन् । साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहक महानुभावलाई रु. २१ लाखसम्मको बिमा सुविधा पनि प्रदान गरिनेछ र सो बिमा सेवा वापत लाग्ने बिमा शुल्क बैंक आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।