भारतिय संगीतकार वाजिद खानको निधन

जेठ १९, काठमाडौं – करिब २ वर्षदेखि मृर्गौला रोगबाट पीडित भारतिय संगीतकार वाजिद खानको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उनको मृर्गौलामा संक्रमणकै कारण आज बिहान मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले पनि जनाएका छन् । उनका परिवारले जनाए अनुसार उनको दुई वर्ष अघि मात्रै मृर्गौला प्रत्यारोपण गरिएको थियो ।

संगीतकार वाजिद एक कुशल गायक पनि थिए । उलले अहिलेसम्म धेरै चलचित्रका लागि गीतहरु पनि गाएका थिए । सोनी दे नखरे (पार्टनर), जलवा (वान्टेड), हटा सावनका घटा (हेल्लो ब्रदर), डिजे बजेगा तो पप्पु (किस किसको प्यार करुँ), जय जय जय हो (जय हो), पाण्डे जी सीटी (दबङ २), फेबिकोल से (दबङ २), मासल्ला (एक था टाइगर), हमको पीनी है (दबङ) लगायत गीतमा उनकै स्वर सुन्न सकिन्छ ।

मृर्गौला प्रत्यारोपण गरिए लगत्तै उनमा मृर्गौलाको संक्रमण देखिएको थियो । यसकै उपचारमा उनी ४ दिनदेखि मुम्बईको एक अस्पतालमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण पनि भएको भनिए पनि यसको पुष्टि भने भएको छैन । उनको निधनले बलिउडमा अपुरणिय क्षति पुगेको छ ।