थप १७० जनामा कोरोना संक्रमण पुष्टि, मुत्यु हुनुको संख्या ६ पुग्यो

जेठ १६, काठमाडौं – नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता बिकास देवकोटाले थप संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुलाई संक्रमण देखिएको हो । त्यस्तै कोरोना संक्रमणका कारण थप एकजनाको मुत्यु भएको पुष्टि भएको छ ।

भुमिकानगर अर्घाखाचीका ३५ बर्षिय मृतक पुरुषको कोरोना पोजेटिभ आएसंगै मृतकको संख्या थपिएको छ । उनको गत १० गते भारतबाट आउने क्रममा मुत्यु भएको देवकोटाले बताए ।