प्याड बितरणका लागि १ अर्ब ८२ करोड

जेठ १६, काठमाडौ – आर्थिक बर्ष २०७७–७८ मा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने छात्राहरुका लागि निःशुल्क सेनेटरी  प्याड बितरण गर्ने बताएको छ ।

यस कार्यक्रमका लागि १ अर्ब ८२ करोड रकम बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तब्यमा बताएका छन् ।

देशभर सामुदायिक बिद्यालयहरुमा अध्ययनरत १३ लाख ४० हजार छात्राहरुसम्म प्याड पुर्याइने लक्ष्य रहेको उनले बताए ।

सरकारले उपलब्ध गराउने  प्याड छात्राहरुले स्थानीय तह मार्फत अनुदानको रुपमा प्राप्त गर्ने खतिवडाले जानकारी गराए ।