हावाहुरीले क्वारेन्टिन वनाउन तयार गरेको विद्यालयको छानो उडाउदा महत्वपूर्ण कागजात नष्ट

जेठ १५, काठमाडौ – गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारत तथा विदेशवाट आउनेहरुका लागि व्यवस्थापन गर्नका लागि तयार गरिएको क्वारेन्टिनको बुधबार छानो उडेको हो ।

दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको वडा अध्यक्ष चुरा वहादुर खत्रीले जानकारी दिए ।

अध्यक्ष खत्रीका अनुसार विद्यालयका अधिकांस कागजात तथा बाल विकासका सामग्री भिजेका छन । उनले भने  ‘ त्यहा राख्न भनेका व्याक्तिको व्यवस्थापन अरु स्थानमा गर्ने र विद्यालयलाई तत्काल मर्मत गर्ने छौ ।’