आज थपिए ११४ कोरोना संक्रमित – संक्रमितको संख्या ८८६ पुग्यो

जेठ १४, काठमाडौं – बुधबार थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो सहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।