जनार्द्धन शर्माले रुकुम घटना बारे बोल्दा संसदमा चर्काचर्की

जेठ १३, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले बिरोध जनाएका छन् ।

शर्माले केटा पक्ष केटीको घरमा पुगेर झडप भएको बताएपछि संसदमा विपक्षी कांग्रेसका सांसदहरुले विरोधमा उठेर होहोल्ला र नाराबाजी गरेका हुन्।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले संसदम भने, ‘वीरबहादुर मल्लको घरमा नवराज विकसहितको व्यक्ति पुगेपछि झडप सुरु भएको हा। घटना लगत्तै वडाअध्यक्षले प्रहरी बोलाए। दुई पक्षबीच झपड हुँदै भेरी नदीसम्म आइपुगेको थियो।’

शर्मा बोलिरहँदा  बैठकको सुरूमै कांग्रेस सांसदले उठेर विरोध  जनाए । बिरोध पछि शर्माले आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु बताए । कांग्रेस सांसदहरूको हल्लाबीच शर्माले आफ्नो धारणा राखे ।

उनीहरूबीच केहीबेर सवालजवाफ भयो। सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे।

रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज बिकसहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।