सुर्खेतमा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

जेठ १३, काठमाडौं – सुर्खेत जिल्लामा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् ।

यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।