कोरोनाका कारण वृद्धको मृत्यु, अस्पतालका निर्देशक भन्छन् ‘मृतकको रिपोर्ट ९ दिनपछि आउनु दुखद’

 

जेठ १२, काठमाडौं – बाराका एक ७५ बर्षिय बृद्धाको मुत्यु भएको ९ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बारा कलैया ७ का चौधरी थरका बृद्ध बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा क्षयरोगका कारण जेठ २ गते भर्ना भएका थिए ।

विरामीकोे थप उपचारका लागि भेन्टिलेटरमा राखिएका वेलाा ४ गते मुत्यु भएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले इमेल खवर डट कमलाई बताए ।

विरामीमा कोरोना भाइरसको संक्रमणको आशंक भए पछि अस्पतालले स्वाब संकलन गरेर नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो । तर त्यसको रिपोर्ट ९ दिनपछि सोमबार आएको अनसारीले बताएका छन् ।

उनले इमेल खवरसंग कुरा गर्दै भने ‘ अस्पताल भर्ना पश्चात हामीले स्वाव पठाएका थियौ । स्वावको रिपोर्ट नआउदै उनको ४ गते मुत्यु भयो । उनको शव हामीले परिवारलाई बुझाइ सकेका छौं ।’

स्वावको रिपोर्ट लामो समय लाग्ने भएकाले यसले झन जोखिम बढाएको अन्सारीले बताए ।