काठमाडौंका ३ जना सहित ७२ जनामा कोरोना संक्रमण पुष्टि

 

जेठ १२,काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६ सय ७५ पुगेको छ । आज मात्रैं ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको छ ।