सिटी एक्सपे्रस मनी ट्रान्सफरले गर्यो आफ्ना कर्मचारीलाई कोरोना बीमा

जेठ ११, काठमाडौ – सिटी एक्सपे्रस मनी ट्रान्सफरले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

माहामारीको परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले कोरोनाको जोखिमलाई ध्यानमा राखेर सिटी एक्सपे्रस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विपे्रषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विपे्रषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा आवश्यक भएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्सले १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट भुक्तानी प्रदान गर्दै आइरहेको छ ।