थप ३० जनामा कोरोना संक्रमण, सर्लाहीमा मात्रै १५ जना

जेठ ९ काठमाडौं – शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संगै कोरोना संक्रमित हुनेहरुको संख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि  भएको अधिकारीले अधिकारीले जनाए ।

शुक्रबार संक्रमित पुष्टि हुनेहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका छन् ।