छोटो चलचित्र ‘क्रन्दन’ युट्युबमा सार्वजनिक

जेठ ८, काठमाडौं–अर्जुन तिवारीले निर्देशन गरेको छोटो चलचित्र ‘क्रन्दन’ सार्वजनिक भएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न जारी गरिएको लकडाउनले अप्ठेरोमा परेका मजदुरको कथामा निर्माण गरिएको चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्र ‘क्रन्दन’मा कलाकार राज न्यौपाने मात्रै फिचर्ड छन् भने कलाकार विजय बराल, सन्दीप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, अभिनीत चौलागाईंले आवाज दिएका छन् ।

यसमा अभिनेता पल शाह समेत अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।