झापाका ९ सहित २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित भएको पुष्टि गरेका हुन् ।

मंगलबार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको उनले बताए ।

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् ।