नेपालमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित

जेठ ५, काठमाडौं – नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन्।
यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत ९जनाको सङ्क्रमण पुष्टि गरेको थियो ।

डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक(एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताए।