भेरी नदीमा डुबेर बालिका बेपत्ता

जेठ ५, काठमाडौ- भेरी नदी पानी लिन जादा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी नदीमा पानी लिन गएकी थिइन् । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।