चीनियाँद्धारा रसुवालाई खाद्य तथा स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्यकर्मीको मनोवल उच्च हुने विश्वास

जेठ ५, काठमाडौ – कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खानेतेल तीन हजार ७८० लिटर सहयोग प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले इमेल खवर डट कमलाई वताए ।

यसैगरी स्वास्थ्य सामग्रीतर्फ पिपिई एघार सय थान, मास्क एक लाख ३० हजार थान, एन९५ मास्क एक हजार पाँच सय थान र इन्फ्रारेड थर्मामिटर ११० वटा प्राप्त भएको छ । उक्त सामग्री जिलुङ प्रशासकले रसुवागढीस्थित ल्हेन्देखोलामा रहेको मितेरी पुलबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताए। प्राप्त सामाग्री जिल्लामा रहेका ५५ वटा स्वास्थ्य निकाएमा आवश्यक्ता अनुसार पठाउने योजना रहेको भण्डारीले वताए ।

उनले स्वास्थ्य सामाग्री पाए पछि कोरोना भाइरसको उपचारमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मीहरुको मनोवल उच्च हुने विश्वास व्यक्त गरे ।