थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

जेठ ३, काठमाडौं –नेपालमा थप दुई जनालाई कारोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमीत हुनेमा महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।