झापाबाट ब्राउन सुगरसहित पक्रिए एक युवक

जठ ३, काठमाडौ- झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । शिवसताक्षी–४ बुलुचोकका ३५ वर्षीय रामबहादुर विकलाई गए राति गौरीगञ्ज–११ रङ्गेथानबाट ७० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार रङ्गेथानमा रातको समयमा हिँडिरहेको अवस्थामा विकलाई जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रासस