काठमाडौंका थपिए कोरोना संक्रमित , सात वर्षीय बालकमा कोरोना पुष्टि

जेठ १, काठमाडौं – काठमाडौंमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार दहचोक निवासी ७ वर्षीय बालकमा कोरोना पुष्टि भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै अन्य दुइजनालाई पनि कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिला रहेका छन् ।

योसँगै संक्रमितको संख्या २४९ पुगेको अधिकारीले बताएका छन् ।