भक्तपुरका दुवाकोट र शंखधर क्षेत्र सिल

बैशाख ३१, भक्तपुर — भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।

मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।